लिग टु सिरिज जित्ने खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाण्डु टुडे २०७९ फागुन ११ गते १६:१५ मा प्रकाशित

काठमाण्डु,११ फागुन– सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाण्डुमा भएको सिरिज विजेता खेलाडीलाई प्रतिव्यक्ती २ लाख रुपैयाँ दिने भएको छ ।

आज (बिहीबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले खेलाडीको पुरस्कार रकम घोषणा गरेका छन ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ । यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो । यस पटक सबै खेल जितेर तपाईहरुले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भुमिका खेल्नुभएको छ ।

हामी नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु’। गत हप्ता त्रिवि क्रिकेट मैदानमा भएको नामिबिया र स्कटल्याण्डविरुद्धको चार खेलको शृंखला नेपालले क्लिनस्वीप गरेको थियो ।नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएईमा हुने सिरिजका लागि नेपाली टोली १३ फागुनमा त्यसतफ जाँदैछ । नेपालले पहिलो खेल १५ फागुनमा पपुवा न्युगिनीसँग खेल्नेछ ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न युएई जाने खेलाडीलाई शुभकामना समेत दिएका छन । ‘तपाईंहरुले एउटा रेकर्ड बनाउनु भएको छ, ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us