
काठमाण्डु,११ फागुन– प्रहरीले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मंगला गाउँपालिका–३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापा रहेका छन ।
ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले पक्राउ गरीएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।