प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न मिल्दैन: केपी ओली

काठमाण्डु टुडे २०७९ फागुन ११ गते १५:२७ मा प्रकाशित

काठमाण्डु,११ फागुन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माआवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग संवाद अघि बढाएपछि एमाले अध्यक्ष ओलीले उक्त प्रतिक्रया दिएका हुन् । उनले १० पुसमा नै प्रचण्डले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्झौता गरिसकेको भन्दै ओलीले कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका छन ।

आज काठमाण्डुमा आयोजित एक कार्यक्रम पछि उनले भने, ‘उहाँले प्रचण्डले सपोर्ट गर्दै गर्नुहुन्न । गर्नै मिल्दैन किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ ।’ पुरानो गठबन्धन ब्यूँताउनका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको बैठक विहीबार साँझ बस्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us