पहिलो नेपाली रक गायक माइक खड्काको निधन

काठमाण्डु टुडे २०७९ फागुन ११ गते १३:२९ मा प्रकाशित

काठमाण्डु,११ फागुन– नेपालका पहिलो रक गायक मुकुन्द कुमार खड्काको ६९ वर्षको उमेरमा आज बिहीबार बिहान निधन भएको छ ।

उनलाई धेरैले माइक खड्का भनेर चिन्दछन् । मुकुन्द क्लासिक एफएमका संस्थापक निर्देशकसमेत हुन् । रेडियोकर्मी प्रकाश सायमीले मुकुन्दको निधनबारे कुरा गर्दै आज नेपाली संगीतको निम्ति ठूलो क्षतिको दिन भएको बताएका छन । उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिँदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us