ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन ११ गते ८:२९ मा प्रकाशित

विराटनगर, ११ फागुन– प्रहरीले निर्माण व्यवसायी मनोज भेटवाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख एपसी दानबहादुर कार्कीले भेटवालाई बैंकिङ कसुर मुद्दामा बुधबार घरबाटै पक्राउ गरिएको जानकारी दिए ।

भेटवाललाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको कार्कीले जानकारी दिए । भेटवालविरूद्ध ३ करोड रुपैयाँ बराबरको बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएका थियो ।
भेटवाल यसअघि एपेक्स डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा पनि पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us