
काठमाण्डु,१० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेताहरुलाई लिएर धुम्बाराहीस्थित कांग्रेस सभापति शोरबाहादुर देउवा निवास पुगेका छन ।
बुधबार दिउँसो अध्यक्ष नेपालसँगै महासचिव बेदुराम भूसाल र सचिवालय सदस्य घनश्याम भूसाल धुम्बाराहीस्थित देउवा निवास पुगेका देउवा निकट स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै नेताहरुको दौडधुप बढेको छ । नेता नेपालले बुधबार नै पार्टीको सचिवालय बैठकमा आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको प्रस्ताव गरेको सुनाएका बताएका थिए ।