
काठमाण्डु,१० फागुन– प्रहरीले काठमाण्डुको कुलेश्वरबाट हुण्डी कारोबार गरेको आरोपमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरीक रहेका छन ।
पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजयकुमार गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ ।
कुलेश्वरमा हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारम काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । उनको साथबाट ५७ लाख रुपैयाँ नगद र १४ लाख ८० हजार रुपैयाँ बराबरका २ वटा चेक फेला परेको प्रहरीले बताएको छ ।
उनी हुण्डी कारोबार गरेको आरोपमा २०७५ सालमा पनि २ लाख भारतीय रुपैयाँ र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ परी राजस्व छली सम्बन्धी कसूरमा अनुसन्धान गरिएका व्यक्ति रहेको कार्यालयका प्रवक्ता सोमेन्द्र राठौरले जानकारी दिएका छन ।