सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटियो

काठमाण्डु टुडे २०७९ फागुन १० गते १७:५९ मा प्रकाशित

काठमाण्डु,१० फागुन– सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटिएको छ । आज (बुधबार) दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले जानकारी दिएका छन ।

मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले बताएको छ । लुटेराहरुको खोजी जारी रहेको पनि प्रहरीले बताएको छ । सथै घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us