
काठमाण्डु ,१० फागुन- मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट एक जानाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहान रहेका छन। बुधबार बिहान ६ः३० बजे पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बसले साइकल लाई ठकर दिदा गभीर घाइते भयका चौहानको उपचारको क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले बतायका छन।
बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन्। उनको उपचार भइरहेको छ।
बससहित चालक स्याङ्जाको आँधी खोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।