नागरिकहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर छ: जम्कट्टेल

काठमाण्डु टुडे २०७९ फागुन ९ गते १५:३० मा प्रकाशित

काठमाण्डु,९ फागुन– बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले नागरिकहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएको बताएका छन । आज (मंगलबार) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैउनले यस्तो बताएका हुन ।

उनले जम्कट्टेलले संविधानले मौलिक हकको रूपमा राखेको स्वास्थ्य सेवालाई नागरिकहरूको पहुँचमा पुर्‍याउन सरकार तत्पर रहको पनि बताएका छन । उनले बागमती प्रदेशका नागरिकहरूको स्वास्थ्य सेवालाई लक्षित गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको पनि बताएका छन । प्रदेश सरकारले सुरुवातबाटै नागरिकहरूको स्वास्थ्य उपचार र शिक्षालाई मध्यनजर गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन २०७५ पारित गरेको बताएका छन ।

उनले प्रदेशको राजधानी हेटौँडाको जिल्ला अस्पताललाई स्तरोन्नति, गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो प्रतिष्ठानको मातहतमा ल्याइएको बताए । प्रदेशका अस्पतालहरूलाई स्तरोन्नति र दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको उनको भनाई छ । उनले प्राकृतिक प्रकोप महामारीहरूमा लड्न प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us