पूर्व स्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

काठमाण्डु टुडे २०७९ फागुन ८ गते १०:५७ मा प्रकाशित

काठमाण्डु,८ फागुन– पूर्व स्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।

०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बनेका थिए । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us