एमाले धनुषा अधिवेशनमा विवाद, कुर्सी हानाहान

काठमाण्डु टुडे २०८२ वैशाख २३ गते १२:५२ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– सत्ता घटक दल एमालेका धनुषामा जारी जिल्लाको ८ औं जिल्ला अधिवेशनमा विवाद सिर्जना भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको हो ।

निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेको अविवेशनमा सहभागी एक नेताले जानकारी दिएका छन । गत वैशाख २० देखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सोमबार राति नै मनोनयन दर्ता भएको थियो ।

उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले जानकारी दिए । उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी जानकारी दिएका छन ।

उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो ।

तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन सकेको छैन । भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष धर्नामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us