रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो

काठमाण्डु टुडे २०७९ फागुन ७ गते १८:३४ मा प्रकाशित

एजेन्सी– रुसको प्रोग्रेस एमएस–२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर–नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आईएसएस० बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायुमण्डलमा प्रवेश गरेको थियो । त्यसपछि जलेका अवशेषहरू प्रशान्त महासागरको गैर–नाभिगेसन भागमा खसेको रोस्कोसमोसले जानकारी दिएको छ ।

उक्त कार्गो अन्तरिक्ष यान अक्टोबर सन् २०२२ अक्टोबरमा प्रक्षेपण गरिएको थियो, जसले अन्तरिक्ष स्टेशनलाई २।५ टन भन्दा बढी आपूर्तिहरू प्रदान गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us