निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनले प्रभावित नभई सिद्धान्त र इमानबाट निर्देशित हुनुपर्छ: थपलिया

काठमाण्डु टुडे २०७९ फागुन ७ गते १२:३३ मा प्रकाशित

काठमाण्डु,७ फागुन– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्वस्छ र निष्पक्ष हुनुपर्ने बताएका छन । आज (आइतबार) निर्वाचन दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन ।

प्रमुख आयुक्त थपलियाले पद, पैसा र पहुँचको प्रलोभनमा नभई विचार, सिद्धान्त र इमान्दारिताका आधारमा हुनुपर्ने बताएका हुन । ट्विटमार्फत प्रमुख आयुक्त थपलियाले भनेका छन्, ‘फागुन ७ लोकतन्त्र, वालिग मताधिकार र निर्वाचनको निम्ति ऐतिहासिक दिन र गौरवपूर्ण दिवस।

निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनले प्रभावित नभई निष्ठा, विचार, सिद्धान्त र इमानबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता स्थापित गर्ने प्रेरणा प्राप्त होस् निर्वाचन दिवसको हार्दिक शुभकामना।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us