क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन ४ गते १८:३६ मा प्रकाशित

काठमाण्डु,४ फागुन– प्रहरीले क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा रहेका छन ।

उनले झापा कमल गाउँपालिका ७ ठुलो बाराघारी बस्ने वर्ष ४० का सोमनाथ उप्रेतीलाई २३ लाख रुपैयाँमा क्यानडा पठाउने भन्दै पटक पटक गरेर १९ लाख ९० हजार रुपैयाँ लिएका प्रहरीले बताएको छ ।

थापालाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us