नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १४:१७ मा प्रकाशित

 काठमाण्डु,३ फागुन– नेपाल टेलिकम कर्पोरेसनको (नमस्ते) मा फेरि फोन नलाग्ने समस्या भएको छ । यसअघि, गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो ।

नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबैखाले सेवा अवरुद्ध भएको छ । टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा नलाग्ने समस्या भएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले यसबारे जानकार नभएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us