
काठमाण्डू, २३ वैशाख– पोखरामा श्रीमतीको हत्या गरेर श्रीमानले पनि आत्माहत्या गरेका छन । पोखरा–१७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका छन । घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ, घरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।’ घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि बस्नेतले जानकारी दिएका छन ।