
एजेन्सी– अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीमा गोलीबारी हुँदा तीन जनाको मृत्यु भएको छ भन थुप्रै घाइते भएका छन ।
मिसिगन युनिभर्सिटीको क्याम्पस प्रहरीले केहीको अवस्था गम्भीर भएको र घाइतेलाई अस्पतालमा भर्ना गरिएको बताएको छ ।
हमलाकर्ताको खोजी जारी रहेको छ । मिसिगन स्टेट युनिभर्सिटी प्रहरीले ट्विट गर्दै भन्यो, ‘संदिग्ध एक अश्वेत व्यक्ति हुन् जसले रातो रङको जुत्ता लगाएका छन् र डेनिम ज्याकेट लगाएका छन् ।
संदिग्धले टोपी पनि लगाएका छन् ।’मिसिगन स्टेट युनिभर्सिटी प्रहरीले संदिग्ध हमलाकर्ताको तस्बिर जारी गरेको छ ।