भोलिदेखी उपत्यकाभित्र सम्पूर्ण यातायात बन्द गर्ने घोषणा

काठमाण्डु टुडे २०७९ फागुन १ गते १८:२२ मा प्रकाशित

काठमाण्डु,१ फागुन– यातायात मजदुरले भाली मङ्गलवारदेखि काठमाण्डु उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन ।

सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने बताएका छन । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका

अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको बताएका छन । सोमबार उनीहरुले बालाजु क्षेत्रमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us