
काठमाण्डु,२९ माघ– आज आइतबार बसेको प प्रनिधिसभाको बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । घले कांग्रेसबाट ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।
उनको ५९ वर्षको उमेरमा यही माघ २४ गते मङ्गलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।