प्रदेशको सरकार परिवर्तन भएर केन्द्रको गठबन्धनमा पहिरो जाँदैन: योगेश भट्टराई

काठमाण्डु टुडे २०७९ माघ २७ गते १६:४६ मा प्रकाशित

काठमाण्डु,२७ माघ– एमाले संसद एवं सचिव योगेश भट्टराईले सुदूरपश्चिमको सरकार फेरिनु कुनै अनौठो नभएको बताएका छन । उनले संघीय संसदमा राष्ट्रपतिको सम्बोधनपछि बोल्दै संविधान अनुसार नै प्रदेश सरकार परिवर्तन भएको बताएका छन ।

भट्टराईले प्रदेशको सरकार परिवर्तन हुँदैमा केन्द्रको गठबन्धनमा कुनै असर नगर्ने पनि बताएका छन । उनले भने, ‘प्रदेशको सरकार परिवर्तन भएर केन्द्रको गठबन्धनमा पहिरो जाँदैन । केन्द्रको सत्ता समीकरण जोगिन्छ’।

यद्यपि नेता भट्टराईले विश्वासको मत लिने क्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुखले मत विभाजनमार्फत निर्णय गर्नुपर्ने भएपनि ध्वनी मतका आधारमा निर्णय गरेकाले त्यो विषय सोचनीय भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us