
काठमाण्डु,२७ माघ– सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादीबाट एक एक जना मन्त्री नियुक्त भएका छन । कांग्रेसबाट प्रदेशसभा सदस्य प्रकाश देउवा भौतिक पूर्वाधारमन्त्री बनेका छन्
भने एकीकृत समाजवादीले नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्री बनेका छन । मन्त्री नियुक्त भएका देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको हो । प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् ।