सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डु टुडे २०७९ माघ २७ गते १६:१३ मा प्रकाशित

काठमाण्डु,२७ माघ– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन ।

प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९३० अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

एमाले नेतृत्वको सरकारले प्रदेश सभामा विश्वासको मत प्रप्त गर्न नसकेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us