सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाण्डु टुडे २०७९ माघ २७ गते १५:३७ मा प्रकाशित

काठमाण्डु,२७ माघ– नेपाल प्रहरीको साइबर ब्‍यूरोले अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

उनलाई साइबर ब्यूरोको टोलीले काठमाण्डुबाट पक्राउ गरीएको हो पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार छन ।

पक्राउ परेका उनीमाथि साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा काठमाण्डु जिल्ला अदालतबाट २ दिनको म्याद थप भई आवश्‍यक अनुसन्धान भइरहेको साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us