मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ माघ २७ गते १५:२३ मा प्रकाशित

काठमाण्डु,२७ माघ– प्रहरीले रौतहटमा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा मनोज यादव रहेका छन ।

जिल्लाको कटहरिया नगरपालिका ५ मा मोटरसाइकल चोरी गरी लगिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मनोज बिज भण्डारको नाममा रहेको प्रदेश २ ००३.००५प ४३६१ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटहरियाका सहायक निरीक्षक अशोक महतोले जानकारी दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us