
काठमाण्डु ,२७ माघ -हिमालय एयरलाइन्सले भोलि बाट चीनको राजधानी बेइजिङमा फेरि उडान सुरू गर्ने भएको छ।
शनिबार हिमालय एयरलाइन्सले काठमाण्डुबाट यो रुटमा फेरि नियमित उडान सुरू गर्ने भएको हो। एयरलाइन्सले सातामा एक उडान गर्ने जनाएको छ। काठमाण्डुबाट बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुन सातामा एक उडान गर्ने तयारी भयको कम्पनीले जनाएको छ।
यस अघी कोरोना भाइरसको महामारीका कारण चीनका अधिकांश गन्तब्यको उडान अवरुद्ध भएको र कोरोनाको कहर कम भयसँगै चीनले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई चीनमा उडानको अनुमति खुला गर्दै गइरहेको छ।
यसैअनुरूप हिमालयले पनि भोलिबाट उडान सुरू गर्ने भयको हो । सिधा उडानमार्फत चीनबाट नेपाल आउने यात्रुहरूलाई अझ बढी सेवा प्रदान गर्ने र त्यसको साथै पर्यटन र व्यापारमा टेवा पुर्यााउने कम्पनीले जानकारी दियको छ।