त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

काठमाण्डु टुडे २०७९ माघ २७ गते १४:३० मा प्रकाशित

काठमाण्डु,२७ माघ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको छ ।

ठाकुरलाई थाइ स्माइल एयरलाइन्ससँग १० करोड घूस मागेको अडियो प्राप्त भएपछि पर्यटन मन्त्रालयले निलम्बन गरेको छ ।

आज शुक्रबार पर्यटन मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै महाप्रबन्धक ठाकुरलाई नलम्बित गरेको जानकारी दिएको छ ।

साथै, उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको मन्त्रालयले बताएको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us