सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले नरेश शाहीलाई मन्त्री बनाउँदै

काठमाण्डु टुडे २०७९ माघ २७ गते १४:२० मा प्रकाशित

काठमाण्डु,२७ माघ– सुदूरपश्‍चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई म प्रदेश सरकारमा पठाउने तयारी गरेको छ ।

बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिएका छन । उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् ।

समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । तर मुख्यमन्त्री शाह आज‌ै विभाग तोक्ने वा बिना विभागिय मन्त्री बनाउने भन्ने विषयमा छलफल गरी रहेका छन ।

कांग्रेसले भने मन्त्रीबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको छ । केहीबेरमा प्रदेशसभा संसदीय दलको कार्यालयमा बस्ने बैठकले मन्त्रीको नाम टुंगो लगाउने एक सांसदले बताएका छन ।

उनका अनुसार प्रकाशबहादुर देउवालाई मन्त्री बनाउने निर्णय हुने सम्भावना रहेको छ । तत्काल कांग्रेसले एक जनालाई मात्र सरकारमा पठाउने तयारी गरेको छ ।

एमाले नेतृत्वको सरकारले प्रदेश सभामा विश्वासको मत प्रप्त गर्न नसकेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिदैछन् । लगत्तै दुई जना मन्त्रीले पनि सपथ लिनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us