
काठमाण्डु,२७ माघ– प्रहरीले शैक्षिक प्रमाणपत्र तथा विभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा एकजना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तेह्रथुम म्याङलुङ नगरपालिका–१ घर भई हाल काठमाण्डु महानगरपालिका–१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाल छन ।
काठमाण्डु महानगरपालिका–१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।
प्रहरीले उनको ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू बराममद गरेको प्रहरीले जानकारी दिएको छ ।