दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन

काठमाण्डु टुडे २०७९ माघ २७ गते १३:३७ मा प्रकाशित

काठमाण्डु,२७ माघ– दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ मूत्यु भएको छ। आज शुक्रबार दिउँसो करिब १२ बजे अध्यक्ष गुरुङको मूत्यु भएको हो।

अध्यक्ष गुरुङको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा काम लागि जाने क्रममा एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीका बताएको छ । गुरुङ पहिलादेखि नै प्रेसरका बिरामी थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us