
काठमाण्डु,२७ माघ– बाराको सिम्रौनगढमा भएको मोटरसाइकल दुर्घटनामा परि साविक देवापुरटेटा गाविसका अध्यको मूत्यु भएको छ ।
दुर्घटनामा परेर एमालेका कार्यकर्ता एवं साविक देवापुरटेटा गाविसका अध्यक्ष महावीर साह कानुको बिहीबार साँझ मृत्यु भएको छ ।
साहले चलाएको मोटरसाइकल विपरित दिशाबाट आउदै गरेको अर्को मोटरसाइकसँग ठोक्किँदा उनको साँझ ६ बजे घटनास्थलमा नै मृत्यु उनलेको भएको हो ।
सिम्रौनगढ बजारबाट ना १ प ६८८८ नम्बरको मोटरसाइकल चलाएर सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटास्थित घरतर्फ जाने क्रममा गण्डक नहर सडकको कोल्ड स्टोर अगाडि विपरीत दिशाबाट आउँदै गरेको ना १८ प ५१४१ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो ।
दुर्घटनापछि ७० वर्षीय साहको घटनास्थलमा नै मृत्यु भएको सिम्रौनगढ प्रहरीले बताएको छ । घटनामा अर्को मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–४ गंगानगरका २२ बर्षिय वाल्मीकी यादवले समान्य घाइतेसमेत भएका छन ।
उनको कलैया प्रदेशिक अस्पतालमा उपचार भइरहेकोे ईलाका प्रहरी कार्यालय सिम्रौनगढले बताएको छ । साह ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट देवापुरटेटा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।