बाग्मती प्रदेशमा जनयुद्ध दिवसमा सार्वजनिक बिदा

काठमाण्डु टुडे २०७९ माघ २७ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, २७ माघ- बाग्मती प्रदेश सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ ।

सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार फागुन १ गते पर्नगयको जनयुद्ध दिवसको अवसरमा सार्वजानीक बिदा दिने निर्णय भएको जानकारी दियको छ।

बाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाले जारी गरेको सुचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमवारका दिन बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सबन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

यस अघी कर्णाली प्रदेश सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको थीयो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us