लेसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

काठमाण्डु टुडे २०७९ माघ २७ गते ११:३६ मा प्रकाशित

काठमाण्डु,२७ माघ– लोकतान्त्रिक समाजवादी पार्टी लेसपा नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

लेसपाले बदलिँदो राजनीतिक परस्थिति, राष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल गर्न १० फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएको हो । बैठकमा छलफल हुने विषय शीर्ष नेताहरुले तय गरिसकेका छन् ।

फागुन २५ गते हुने राष्ट्रपतिको चुनावका विषयमा धारणा बनाउन बैठक बस्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिएका छन । लोसपाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।

यस विषयमा सो पार्टीले अन्य दलहरुसँग अनौपचारिक छलफल सुरु गरिसकेको छ । बैठकले यसबारेमा औपचारिक निर्णय गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us