
काठमाण्डु, २७ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकालको उत्तराद्र्धमा आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् ।
संसद भवन नयाँबानेश्वरमा राष्ट्रपतिले अपराह्न तीन बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रपतिले गर्ने सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदमा टेबल गर्नेछन् । संसदका प्रवक्ता एकराज गिरीले त्यसपछि दुवै सदनले धन्यवाद प्रस्ताव पारित गर्ने संघीय जानकारी दिए ।