गठबन्धन टिकाएर लैजाने एमाले सचिवालयको निष्कर्ष

काठमाण्डु टुडे २०७९ माघ २६ गते १७:३५ मा प्रकाशित

काठमाण्डु,२६ माघ– एमालेले वर्तमान सत्ता गठबन्धन टिकाएर लैजाने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भिन्न–भिन्न दलको गठबन्धन रहेकाले असमझदारी उत्पन्न हुनु स्वभाविक रहेको बताउँदै समझदारी बनाउने प्रयास जारी रहेको बताएका छन ।

गठबन्धन जोगाउने एमालेको संकल्प रहेको समेत उनले बताएका छन । उनले भने, ‘यस्तो गठबन्धन टिकाइराख्न विश्वासको वातावरण बनाइराख्नु पर्छ। हिजो गरिएकका प्रतिबद्धतालाई कायम राख्नुपर्छ।

यस विषयमा थप छलफल भोलि ९शुक्रबार० बस्ने उच्चस्तरीय संयन्त्रको बैठकमा हुनेछ ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने वातावरण बन्नु दुस्खद भएको समेत बताएका छन ।

उनले भने, ‘ नागरिकता पुनस् प्राप्तिका त्रुटिका कारणले गृहमन्त्री पद रिक्त भयो। हामीले १० पुस नयाँ कोर्स बनाइरहँदा जुन शक्ति बाँडफाँट गरेका थियौं, त्योअनुसार गृह मन्त्रालय उहाँहरु लाई दिइएको थियो।

व्यक्ति को हुने उहाँहरुको कुरा थियो। तर, गृह मन्त्रालय दिएर सरकारमा होल्ड गरिरहनुपर्थ्यो। त्यसमा असमझदारी देखियो।’ एमालेका तर्फबाट रास्वपालाई विश्वासमा राख्ने र सरकारमा फर्काउने कोसिस जारी रहेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us