प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक रोकियो

काठमाण्डु टुडे २०७९ माघ २६ गते १६:३६ मा प्रकाशित

काठमाण्डु,२६ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

यस्तै बिहीबार सत्ता गठबन्धनमा रहेका दलको शीर्ष नेताको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको थियो । तर स्थगित भएको प्रचण्डको प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us