मेसीले गरे भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग

काठमाण्डु टुडे २०७९ माघ २६ गते १४:४२ मा प्रकाशित

काठमाण्डु,२६ माघ– अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्। मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका छन ।

यी दुई देशमा सोमबारको भूकम्पमा परेर १५ हजारको मृत्यु । टर्कीमा करिब १३ हजार जनाको र सिरियामा करिब दुई हजार जनाको मृत्यु भएको छ ।

टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनलाई भूकम्प प्रभावित क्षेत्रमा सहायता पठाउन आग्रह गरेको छ ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४स्१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us