बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ २६ गते १३:४७ मा प्रकाशित

काठमाण्डु,२६ माघ– पोखराको पृथ्वीचोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु २७ वर्षीय रेजिना आचार्य रहेकी छन । पोखरा ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कस्कीका इन्पेकटर ज्ञान खड्काले जानकारी दिएका छन ।

आचार्य पोखरा बुद्धचोकबाट पृथ्वीचोक तर्फ आउँदै थिइन् । रेजिनाले चलाएको गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक आचार्यको मृत्यु भएको इन्पेक्टर खड्काले बताएका छन ।

घाइते आचार्यको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएकको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us