युक्रेनलाई लियोपार्ड ट्याङ्क उपलब्ध गराउँदै जर्मनी

काठमाण्डु टुडे २०७९ माघ २५ गते १८:३५ मा प्रकाशित

एजेन्सी– जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपार्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने भएका छन । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपार्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा गरेका छन ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन ती ट्याङ्क समयमै प्राप्त हुने अपेक्षा गरेको छ ।

गत महिना जर्मनीले आफ्नै देशमा निर्मित लियोपर्ड–२ ट्याङ्क युक्रेनलाई प्रदान गर्ने बताएको छ । रुसको सम्भावित आक्रमणको सामना गर्न जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सका रक्षामन्त्रीले एक संयुक्त वक्तव्यमा लियोपर्ड युद्ध ट्याङ्क सहायताको एउटा प्रमुख हिस्सा भएको बताइएको छ ।

प्रशिक्षक र ट्याङ्कको मर्मतसम्भारका सामग्री पनि सहयोगमा समावेश गरिएको छ। युक्रेनी रणमैदानमा ठूलो क्षति झेलेर लज्जित भएको रुसले पराजयको बदला लिन घातक आक्रमण गर्ने त्रासमा युक्रेनी रहेका छन । क्रेमलिनको प्रयास पहिहले जितेका क्षेत्रमा पुनः कब्जा जमाउनु हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us