लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी विजयी

काठमाण्डु टुडे २०७९ माघ २५ गते १६:११ मा प्रकाशित

काठमाण्डु,२५ माघ– लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित भएका छन । बुधबार भएको मतदानपछिको मतगणनाअनुसार दसौली ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३७ सय २० मतभार प्राप्त गरेका छन् । राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो ।

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले मतदान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us