सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित

काठमाण्डु टुडे २०७९ माघ २५ गते १२:४२ मा प्रकाशित

काठमाण्डु,२५ माघ– सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिएका छन ।

प्रदेश सभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जानकारी दिएको छ । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यसूची तय भएको थियो तर

सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन । उन्मुक्ति पार्टी सँग प्रदेश सभामा सात जना प्रदेश सभा सदस्यहरू रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us