भूकम्पमा टर्किस गोलकिपर अहमेत एयुप तुकास्लानको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ २५ गते ११:४७ मा प्रकाशित

एजेन्सी– टर्किमा गएको भूकम्पमा परी टर्किका गोलकिपर अहमेत एयुप तुकास्लानको निधन भएको छ । अहमेतको मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।

सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ८ हजार जनाको मूत्यु भएको छ । ‘हाम्रा गोलकिपर अहमेट एयुप तुकास्लान भूकम्पमा परि निधन भएको छ ।

हार्दिक श्रद्धान्जली,’ क्लबले आफ्नो ट्वीटरमा लेखेको छ, ‘ सुन्दर व्यक्ति तपाईलाई हामी बिर्सने छैनौं ।’ २८ वर्षीय तुकास्लानले सन् २०२१ मा टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोमा आबद्ध भएपछि ६ पटक खेले खेलेका थिए ।

टर्कीकै दोस्रो डिभिजनको क्लब सेकुर रिजेस्पोरबाट खेल्ने क्रिस्टल प्यालेस र एभर्टनका पुर्व विंगर यानिक बोलासीले पनि उनको निधनमा उनको परिवार र मालत्यास्पोर टोलीका साथीहरूप्रति मेरो समवेदना व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us