लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन सुरु

काठमाण्डु टुडे २०७९ माघ २५ गते ११:३८ मा प्रकाशित

काठमाण्डु,२५ माघ– लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ ।पहिलो मतदान लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गरेका छन ।

अहिले मतदान जारी छ । मतदानका लागि १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताएका छन ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ दलबाट एमालेका कुमार दसौंदी, कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहेका छन ।

एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटको लागि उपनिर्वाचन भएको हो ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कूल मतदाता संख्या ३०५ रहेको छ ।

जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ । प्रदेशभर १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us