
काठमाण्डु,२५ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा आलीबीच भेटवार्ता भएको छ ।
आज ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आली निवास बालकोट पुगेका थिए । ओलीको बालकोटस्थित निवासमा भएको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने भनेर अडानमा एमाले छ । तर गृह मन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरीसकेको छ ।
सभामुख र केही महत्वपूर्ण मन्त्रालय पाइसकेको नेकपा एमाले भने प्रधानमन्त्री प्रचण्डलाई फकाएर राष्ट्रपति पद पनि हात पार्ने रणनीतिमा रहेको छ । प्रचण्डले भने आफ्नो रोजाइको व्यक्तिलाई राष्ट्रपति बनाउन चाहेका छन् ।