लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०७९ माघ २५ गते ८:११ मा प्रकाशित

काठमाण्डु, २५ माघ– लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

बुधबार बिहान ७ बजेर १७ मिनेटमा लमजुङको बुलबुले केन्द्रविन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लमजुङ सदरमुकाम बेंसीसहरसहित छिमेकी जिल्ला गोरखा र कास्कीका केही स्थानमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

यसअघि १० माघमा बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us