माओवादीले पठाएन मधेस सरकारमा मन्त्री

काठमाण्डु टुडे २०७९ माघ २१ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, २१ माघ– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

यादवले आफ्नै दल जनता समाजवादी पार्टी (जसपा) एमाले र जनमत पार्टीबाट ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, जनमतका संसदीय दलका नेता महेश यादव शिक्षा, विज्ञान तथा वाणिज्य, जसपाकी सुरिताकुमारी साह सामाजिक विकासमन्त्री भएका छन् । माओवादी केन्द्रले भने मन्त्रीमा कसैलाई पनि सिफारिस गरेको छैन ।

दुई मन्त्रालयमा दाबी गरेको माओवादीलाई मुख्यमन्त्री यादवले एक मन्त्रालय दिएपछि उसले मन्त्री सिफारिस नगरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us