माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ माघ २० गते १६:३९ मा प्रकाशित

काठमाण्डु,२० माघ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

समाजवादीका अध्यक्ष नेपाललाई भेट्न नेता श्रेष्ठ पार्टी कार्यालय आलोकनगर पुगेका थिए । भेटमा एकीकृत समाजवादीका वार्ता टोली सदस्यहरु समेत रहेका छन ।

यसअघि बिहीबार समाजवादीका नेता डा विजय पौडेल माओवादी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us