१६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचेको आरोपमा ६ जना पक्राउ

काठमाण्डु टुडे २०७९ माघ २० गते १५:२६ मा प्रकाशित

काठमाण्डु,२० माघ– प्रहरीले १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

१७ मंसिरमा मामाघरबाट हराएकी ती किशोरीलाई माघ १७ मा भारतको नयाँ दिल्लीबाट उद्दार गरिएको मानव बेचविखन ब्यूरोका एसपी दानबहादुर मल्लले जानकारी दिएका छन ।

प्रहरीले १९ माघमा ती किशोरीलाई एयर इन्डियाको उठान नम्बर एआई– २१३ मार्फत काठमाण्डुमा ल्याएको थियो । सुनौली हुँदै गाडीमा राखेर नयाँदिल्ली र पहाडगञ्जमा लगेर आरोपीहरुले किशोरीलाई बन्धक बनाएको आरोप लागेको छ ।

तान्त्रिक बाबाको माग अनुसार ५ फिट ४ इन्च अग्ली र रजस्वला नभएकी किशोरीलाई आरोपीहरुले भारत लगेको अनुसन्धानबाट खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us