
कपिलवस्तु,२० माघ– प्रहरीले कपिलवस्तु २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका–१ बस्ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका बस्ने २६ वर्षीय राकेश कुमार बर्मा र शुद्धोदन गाउँपालिका–६ बिमिहा बस्ने ३५ वर्षीय राजेश कुमार बर्मा रहेका छन् ।
उनीहरुको साथबाट २१ लाख ७ हजार १०० बरामद गरीएको प्रहरीले बताएको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको प्रहरीले बताएको छ ।