गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका नेता घनश्याम भूसाल बानेश्वरमा बेहोस

काठमाण्डु टुडे २०७९ माघ २० गते १३:२० मा प्रकाशित

काठमाण्डु,२० माघ– नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा बाटोमा बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।

आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए । त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us